रुसी हमलामा हालसम्म तीन हजार बढी सर्वसाधारण मारिए « Khabarhub

रुसी हमलामा हालसम्म तीन हजार बढी सर्वसाधारण मारिए


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीयता युक्रेनमा जारी रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएकोहोछ । यद्यपि युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरको भनाइ छ ।

शुक्रबार यता मात्रै २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विष्फोटक हतियारहरूबाट मारिएको ओएचसीएचआरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमा जारी आफ्नो सैनिक गतिविधिलाई ‘युक्रेनको निशस्त्रीकरण’ र ‘अनाजीकरण’ का लागि ‘विशेष कारवाही’ बताउँदै आएको छ । यद्यपि यस्तो रुसी दाबीलाई युक्रेन र पश्चिमा मुलुकहरुले निराधार बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ३६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी