टर्किस अभिनेता अल्टन नेपालमा « Khabarhub

टर्किस अभिनेता अल्टन नेपालमा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ । 

पर्यटन उकास्ने लक्ष्य राखिएको उक्त कार्यक्रमअन्तर्गत मन्त्रालयले सहकार्य गरेर विभिन्न सेलिब्रेटीहरुलाई निम्तो गरिरहेका छन् । मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार बेलुका नेपाल आइपुगेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टुरिजम रिभाइभल कमिटीका संयोजक राजाराम गिरीले अभिनेता अल्टनलाई स्वागत गरे । नेपाल भ्रमणमा आइपुगेका अभिनेता अल्टनले आफ्नो मुलुकमा नेपाल खुला रहेको सन्देश दिने रिभाइटल कमिटीको विश्वास छ । पर्यटन मात्र नभएर अन्य कुरामा समेत नेपाल खुला रहेको सन्देश दिनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । 

कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरुसेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ५१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर