एलओडीमा गान्धी « Khabarhub

एलओडीमा गान्धी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार साँझ एलओडी क्लबमा भारतका प्रभावशाली नेता तथा ‘कंग्रेस आइ’ का पूर्व अध्यक्ष राहुल गान्धी पुगेका थिए । 

बिना सुरक्षाकर्मी उनी त्यहाँ पुगेका थिए । जब उनी त्यहाँ पुगे तब क्लबको भित्रबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेता गान्धी त्यहाँ पुग्दा क्लबका सञ्चालक कसैलाई थाहा थिएन । प्रभावशाली व्यक्ति क्लबमा पुग्दा क्लब सञ्चालक सबैजना सरप्राइज भएका थिए ।

एलओडीमा समय– समयमा भीआइपी व्यक्तिहरू देखा पर्ने गरेका छन् । यद्यपि नेता गान्धी बिना जानकारी क्लब पुगेका थिए । क्लबका अनुसार करिब २५ जनासहित गान्धी त्यहाँ बेलुकी ११ बजेर ४५ मिनेटमा पुगेका थिए । नेता गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगे । उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए । क्लबको अनुसार भिआइपी सेक्सनमा बसेर उनले ‘सफ्ट डिङ्रक’ मात्र खाएका थिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे ।

नी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नेता गान्धी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ ।

 नेता गान्धीले पाँच दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ४६ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक