राहुल गान्धीले काठमाडौंमा रमाइलो गरेको भिडियो भारतमा भाइरल, भाजपाले निशाना साँध्यो | Khabarhub Khabarhub

राहुल गान्धीले काठमाडौंमा रमाइलो गरेको भिडियो भारतमा भाइरल, भाजपाले निशाना साँध्यो


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले नाइटक्लबमा रमाइलो गरेको भिडियो हाल भारतमा भाइरल भइरहेको छ । भारतीय सामाजिक सञ्जालमा गान्धीले लर्ड अफ द ड्रिङ्क्समा रमाइलो गरेको भिडियो भाइरल भएको हो ।

यसबाहेक भारतीय सञ्चारमाध्यमहरुले पनि राहुलको नाइटक्लब भ्रमणलाई निकै प्राथमिकताका साथ ठाउँ दिएका छन् ।

यता सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरुले भने भिडियो शेयर गर्दै गन्धीमाथि निशाना साँधेका छन् । भाजपाका प्रवक्ता शाहजाद पुनावालाले गान्धीले जे गरेपनि उनको निजी मामिला रहेको टिप्पणी गरेका छन् ।

यद्यपि जब काँग्रेसको नेतृत्वमा रहेको राजस्थान राज्यको ‘जोधपुरमा हिंसा मच्चिरहेको छ, राजस्थान जलिरहेको छ, त्यसको चिन्ता गर्नुको साटो गान्धी नेपालमा पार्टी गरेर बसेको देखिन्छन । जबकी उनले भारतीय जनताका साथ उनीहरुको समस्याबारे जान्नका लागि हुनुपर्ने हो ।’ पुनावालालाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

त्यस्तै, भारतका केन्द्रीय मन्त्री किरण रिजिजुले पनि भिडियो शेयर गर्दै गान्धीको आलोचना गरेका छन् । उनका अनुसार छुट्टी मनाउनु, पार्टी गर्नु, प्लेजर ट्रिपमा जानु निजीस्तरमा विदेश घुम्न जानु अब देशका लागि नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।

त्यसैगरी भाजपाका सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि  गान्धीको आलोचना गरेका छन् । उनले ट्विटरमा गान्धीको भिडियो शेयर गर्दै लेखेका छन्, ‘मुम्बईमा आक्रमण हुने बेला पनि राहुल गान्धी नाइटक्लब मै थिए । पार्टी विष्फोट भइरहेका बेला पनि उनी नाइटक्लब मै छन् । उनमा निरन्तरता छ ।’

यता भारतीय काँग्रेस पार्टीले भने गान्धीको बचाउ गरेको छ । आजतकका अनुसार काँग्रेस पार्टीका प्रवक्ता रणदीप सुरजेवालाले गान्धीले केही गलत काम नगरेको टिप्पणी गरेका छन् ।

गान्धी आफ्नी साथीको बिहेमा सहभागी हुन काठमाडौं आएको भन्दै यो उनको निजी भ्रमण भएको बताएका छन् । कसैको बिहेमा सहभागी हुनु अपराध नभएको सुरजेवालाको टिप्पणी छ ।

गान्धी मंगलबार एकजना साथीको बिहेमा सहभागी हुन नेपाल आएका हुन् । उनी शुक्रबारसम्म नेपालमै रहने बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २२ बजे

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती