‘ए मेरो हजुर’ सिरिजमा ब्रेक  « Khabarhub

‘ए मेरो हजुर’ सिरिजमा ब्रेक 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘ए मेरो हजुर ४’ को प्रदर्शन भएसँगै निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले सिरिजमा ब्रेक लगाएका छन् ।

 होम प्रोडक्सनबाट लगातार ‘ए मेरो हजुर’ सिरिज दर्शक समक्ष ल्याइरहेका थापा दम्पतीले यसलाई ब्रेक लगाउदै ‘भागवत गीता’ को काम अगाडि बढाएका छन् । फिल्मकी गीता अर्थात् सुहाना थापाको बर्थ डेमा सार्वजनिक गर्ने गरी फिल्मको भिडियो एनाउन्समेन्टका लागि टिजर छायांकन गरिएको छ । मंगलबारदेखि जनकपुरको जानकी मन्दिर परिसरमा फिल्मको टिजर छायांकन सुरु गरिएको हो । 

‘जनकपुर मन्दिर परिसरमा हिजो र आज छायांकन भयो । फिल्मको कथा जनकपुरसँग जोडिएको भएकाले पनि टिजर यही छायांकन गरेका हौँ । फिल्ममा जनकपुरलाई ४० प्रतिशतको हाराहारीमा कैद गर्नेछौँ’ निर्माता सुनिलकुमार थापाले भने । उनले झरनाको कथालाई पटकथाको स्वरूप दिन टिम व्यस्त भएको समेत बताए । ‘यहाँ छायांकन गरिएको दृश्य फिल्ममा समेत हुनेछ । हामीले यसलाई सुहानाको बर्थ डेमा सार्वजनिक गर्ने छौँ’ उनले भने । 

फिल्मको स-साना कलाकारहरु सहित अभिनेता पनि फाइनल भइसकेको निर्माता थापाले बताए । यद्यपि उनले यसलाई केही समय पश्चात मात्र रिभिल गर्ने सोच सुनाए । ‘हामी साउनको अन्तिम साताबाट छायांकनमा जाने छौँ । यसैले गर्दा पनि विस्तारै विस्तारै फिल्मको गतिविधि सहित टिमलाई चिनाउने छौँ’ निर्माता थापाले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : १४ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन