रिभर फल्सको आईपीओ आउँदै | Khabarhub Khabarhub

रिभर फल्सको आईपीओ आउँदै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले कुल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले भने २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले यही वैशाख २८ गतेदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रूपैयाँ रहने जनाइएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजनाबाट असर पर्नसक्ने सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयर निष्काशन र बाँडफाँटसमेत गरिसकेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २७ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको