मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान | Khabarhub Khabarhub

मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरूले सामान बाँडेको पाइएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँडेपछि रोकेको जानकारी गराइन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँग मंगलबार गरेको निर्वाचनबारे अन्तरक्रिया कार्यक्रममा शर्माले एक ठाउँमा बाँडिरहेको र अर्को ठाउँमा बाँड्ने थाहा पाएपछि रोकिएको उल्लेख गरिन् ।

‘एक ठाउँमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँडिरहेको खवर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले भनिन्, ‘त्यहाँ कम्बल र थर्मस वितरण गरिएको रहेछ ।’ अर्को ठाउँमा भोलि कार्यक्रम हुने र त्यहाँ सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिता विपरीतका घटना भएको जानकारी गराए । प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए । कतै प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कहीँ भने अटेर गरेको पाइएको उनको भनाइ छ । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ३६ बजे

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त गरेका

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि