मंगलम पाइप्सद्वारा कर्मचारीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान | Khabarhub Khabarhub

मंगलम पाइप्सद्वारा कर्मचारीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकै पहिलो सिपिभिसि पाइप्सफिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आर्थीक वर्ष २०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यक्र आयोजना गरेको थियो ।

 यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरूलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।

मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, “ हाम्रो सुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुखदुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरू सँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाइसम्म पुर्‍याउनु भएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।”

आफ्ना कर्मचारीहरूलाई उनीहरूको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरूलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरू समयसमयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ४७ बजे

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू