केशव स्थापितकाे स्पष्टोक्ति : चुनावका बेला बदनाम गराउन विपक्षीहरूले महिला हिंसाको कुरालाई अघि सारे « Khabarhub

केशव स्थापितकाे स्पष्टोक्ति : चुनावका बेला बदनाम गराउन विपक्षीहरूले महिला हिंसाको कुरालाई अघि सारे


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौंमा मतदातासँगको अन्तरक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालीन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताए ।

महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै आफूमाथि आशंका नगर्न उनले मतदातासंग आग्रह गरे । स्थापितले अहिले चुनावका बेला आफूलाई बदनाम गराउन बिपक्षीहरुले महिला हिंसाको कुरालाई अघि सारेको तर्क गरे । त्यस्तै एक युवतीको अनुहारको बारेमा दिएको प्रतिक्रियामा स्थापीतले अमानवले बोलेको जस्तो गरि बोलेकाले आफूले  थुतुनो ठिक छैन भनेको तर्क गरे। 

उनले प्रमुखमा बिजयी भए आफूले महानगरबासीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु