‘पाताल लोक २’ बन्दै « Khabarhub

‘पाताल लोक २’ बन्दै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओटीटी प्लेटफर्म अमेजोन प्राइमले अभिनेत्री अनुष्का शर्मासँग मिलेर निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’ ले राम्रो चर्चा पायो । 

२०२० मा रिलिज भएको वेब सिरिजको कन्टेनले सबैको ध्यान तान्न सफल भयो । सिरिजमा देखिएका कलाकारहरूको अभिनयको चर्चा भयो नै साथै कन्टेनले ध्यान तान्यो । 

यसको दोस्रो सिरिजको काम सुरु भइसकेको छ । हाल प्रि प्रोडक्सनमा रहेको सिरिज ‘पाताल लोक २’ का लागि अभिनेता  जयदीप अहलावत राम्रो रकम असुलेका छन् । हाथीराम चौधरी नामक एक प्रहरीको भूमिकामा देखिएका उनको अभिनय निकै अब्बल थियो। जयदीपले अघिल्लो सिजनमा लिएको पारिश्रमिकको तुलनामा ५० गुणा धेरै पारिश्रमिक लिएको कुरा सार्वजनिक भएको छ । 

जयदीपले २०२० मा प्रदर्शनमा आएको सिरिजको पहिलो सिजनमा ४० लाख भारतीय रुपैयाँ पारिश्रमिकको रुपमा लिएका थिए । दोस्रो सिजनमा भने उनको पारिश्रमिक ५० गुणाले बढेको छ। यसमा उनले २० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने भएका छन्। क्लीन स्लेट फिल्म्सको प्रोडक्सनमा निर्माण भएको पाताल लोकको दोस्रो सिरिज २०२३ मा रिलिज हुने बताइएको छ। 

सिरिजमा जयदीपसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्तलगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ४८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु