‘पञ्चायत’ को दोस्रो सिजन यही महिना  « Khabarhub

‘पञ्चायत’ को दोस्रो सिजन यही महिना 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जितेन्द्र कुमार अभिनीत सिरिज  ‘पञ्चायत’ ले राम्रो चर्चा पायो ।

 २०२० को चर्चित सामाजिक हास्यव्यंग्य विधाको यो सिरिज अमेजोन प्राइममार्फत प्रदर्शनमा आएको थियो । गाउँको  ‘पञ्चायत’ मा जागिर खान पुगेका एक शिक्षित युवाको कथा मार्फत यसमा सामाजिक व्यंग गरिएको छ । इन्जिनियरिङ गरेको अभिषेक  सरकारी भएर फुलेराको पञ्चायत कार्यालयमा गएपछिको स्थिति मार्फत सिरिजमा सामाजिक व्यंग देखाएको छ।

सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई सिरिजमा प्रस्तुत गरिएको छ । यसको सिक्वेल  ‘पञ्चायत २’ आउँदो  मे २० बाट अमेजोन प्राइममा स्ट्रिमिङ हुँदैछ। दीपक कुमार मिश्रको निर्देशनमा रहेको यो सिरिज सामाजिक कथावस्तुमा आधारित रहेर व्यंग्यात्मक शैलीमा कथा भनिएको छ ।

सिरिजको दोस्रो सिजनमा पनि अभिषेक, मञ्जु देवी र प्रधान पतिबीचको ‘केमिस्ट्री’ प्रस्तुत गरिएको निर्देशक मिश्रले बताएका छन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु