भोलिदेखि अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने « Khabarhub

भोलिदेखि अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरुषमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट रहेका छन् ।

महिलाको स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष २ स्थान हान पर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । सहभागी टिमहरूमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन् ।

पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका एसोसिएट डाइरेक्टर आदर्श जोशीले जानकारी दिए । प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, ओम शान्ति टेलर्स र सम्पूर्ण प्रेस रहेका छन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ । स्व. नारायणप्रसाद श्रेष्ठ क्वेस्टका संस्थापक निर्देशक थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : २८ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत