लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव | Khabarhub Khabarhub

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँचवटा किताब किन्न पाए पनि चारवटा किताब अझै नपाउँदा अध्ययनमा समस्या भइरहेको उनले गुनासो गरे ।

उनी मात्र होइन, उहाँजस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो पनि उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावमा प्रभावित हुँदा विदार्थी चिन्तित बनेका छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरेको विद्यार्थीको भनाइ छ ।

जिल्लामा पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई मात्र नभई शिक्षक शिक्षिकालाई समेत समस्या बनाइरहेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको शिक्षकको भनाइ छ । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, ‘पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत अझै किताब उपलब्ध नहुँदा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई समेत समस्या भइरहेको छ ।’ पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउन थाले पनि कक्षा ४, ७ र ९ का विद्यार्थीलाई भने नयाँ कोष भएकाले बढी समस्या भइरहेको छ ।

त्यस्तै यसै नगरपालिका–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापाका अनुसार पुस्तक पसलमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म आवश्यकतानुसार विद्यार्थीले किताब पाएका छैनन् । जेठ ४ गतेदेखि पठनपाठन सुरु गरिएकामा किताब अभाव भएकाले विद्यार्थीलाई पढाइमा थप समस्या भइरहेको छ।

गत स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा जिल्लामा समयमै किताब उपलब्ध हुन नसक्दा विद्यार्थी दैनिक सयौँ सङ्ख्यामा किन्न आउने र रित्तै फर्किने गरेको पुस्तक पसलका सञ्चालकको भनाइ छ । केही–केही विषयका आए पनि सबै विषयका पाठ्यपुस्तक उपलब्ध नभएको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको चर्को गुनासा आइरहेता पनि समाधान भने हुनसकेको छैन ।

केही विद्यालयले पुराना किताबबाट पठनपाठन गरेका छन् भने, इन्टरनेटको सुविधा भएको विद्यालयमा इन्टरनेटबाट खोजेर समेत पढाउने गरेपनि दुर्गमका विद्यार्थीहरुलाई बढी समस्या भइरहेको उनको भनाइ छ । जतिसक्दो आवश्यक किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरिरहेको उनले बताए ।

जिल्लााम सामुदायिक विद्यालय ३३६ वटा तथा निजीतर्फ ३३ वटा विद्यालय रहेका छन् । विसं. २०७८ सम्मको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी रहेका छन् भने, निजितर्फ ८ हजार ४९२ जना रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : ४४ बजे

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ

सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको

रास्वपा भन्छ- ‘कांग्रेसले आफ्नो धारणा घण्टा-घण्टामा फेर्छ, उहाँहरूलाई सरकार चाहिएको छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई

एक्सका भिडियो कसरी डाउनलोड गर्ने ? 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल एपको रूपमा एक्स (पहिलेको ट्विटर)