नेपालमा पनि प्रदर्शन भयो ‘मेजर’  « Khabarhub

नेपालमा पनि प्रदर्शन भयो ‘मेजर’ 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फिल्म ‘मेजर’ नेपालमा पनि प्रदर्शनमा आएको छ । पछिल्लो समय साउथ इन्डियन फिल्महरू नेपालमा आउने क्रम बढ्दो नै छ । यही शिलशिलामा ‘मेजर’ नेपाल आएको हो ।  फिल्मलाई नेपालमा मिनरस इन्टरटेनमेन्टका सञ्चालक सुमन काफ्लेले भित्र्याएका हुन् । यसै फिल्ममार्फत फिल्म वितरणमा सक्रियता बढाएका सुमनले आउँदो दिनमा नेपालका दर्शकले हेर्न चाहेको फिल्म ल्याउने बताएका छन् । 

‘मेजर’ मा शहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतंककारी आक्रमणमा सहिद भएका थिए। ‘मेजर’ को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले निर्माण गरेका हुन्। 

फिल्मका निर्देशक शशि किरणले गरेका छन् । उनले फिल्ममा मेजर सन्दीपको जीवको अन्य पाटोलाई समेत देखाउने प्रयाश गरेको बताएका छन् । फिल्ममा मेजरको भूमिकामा अदिवी शेष छन् । अन्य कलाकारहरुमा साइ माञ्जेकर, प्रकाश राज, रेवन्ति, शोविता धुल्लिपल्ला रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  २ : ४० बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई