झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि « Khabarhub

झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार १३ औँ जित निकाल्दै झापा फुटबल क्लबले उपाधी जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको अन्तिम खेलमा झापाले स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

झापाका जितमा विशाल खवासले २ तथा मनिष लिम्बू र पुजन राईले १–१ गोल गरे । स्वयम्भूको लागि भने पाल्साङ लामा र राजिब मगरले १–१ गोल फर्काए ।

झापाका पारस कार्की लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँले पुरस्कृत भए । प्लानिङ ब्वाईजका लोकेश चौधरीले उत्कृष्ट गोलकिपरको उपाधिसँगै ३५ हजार रुपैयाँ प्राप्त गरे ।

लिगमा समान १४ गोल गरेका खेमराज तामाङ र फागुराम थारु सर्वाधिक गोलकर्ता घोषित भए । दुबैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै महावीर क्लब फेयर प्ले टोली घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार जित्यो ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : २६ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा