थाइराइडको बढ्दो समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

थाइराइडको बढ्दो समस्या र बच्ने उपाय



पछिल्लो समय नेपालको जनसख्याको ४ दशमलव ५ प्रतिशतलाई थाइराइड रहेको छ। नेपालमा थाइराइड बढ्नुको कारण हामीले खाने नुनमा आयोडिनको कमी रहेको छ।

सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई हाम्रो शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक रोग हो।

थाइराइड भनेको के हो ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। घाँटीको अघिल्लो भागमा यो ग्रन्थी हुनेगर्छ। यसलाई नै थाइराइड भन्ने गरिन्छ। थाइराइड रोग होइन, थाइराइड ग्रन्थीमा कुनै समस्या आयो वा अन्य कुनै कारणले थाइराइड ग्रन्थीमा समस्या दियो भने थाइराइड उत्पन्न हुनेगर्छ।

थाइराइड ग्रन्थी सबैमा हुन्छ। त्यसमा समस्या आयो भने मात्र रोग हुन्छ। थाइराइड ग्रन्थीले कही कम मात्रामा काम गर्ने कही बढी मात्रामा काम गर्ने हुन्छ। थाइराइडको रोग विभिन्न प्रकारको हुने गर्छ।

महिलामा किन बढी हुन्छ थाइराइड ?
थाइराइड महिला पुरुष दुबैमा देखिने रोग हो। तर, पुरुषको तुलनामा महिलामा ६ देखि ८ गुणाले बढी देखिन्छ। यस्ता रोगहरु कोषको खराबीका कारण महिलामा नै देखिने गर्छन्। हाइपोथाइराडिज्ममा ग्रन्थीले गर्नुपर्ने भन्दा कम काम गरेको हुन्छ भने हाइपरथाइराडिज्ममा ग्रन्थीले जति काम गर्नुपर्ने हो त्यो भन्दा बढी काम गरेको हुन्छ। थाइरोडीटीस भने तीन चार महिनामा आफै निको हुने गर्छ। बिरामी भएको बेला औषधि दिइयो भने अर्कोपटक खान नपर्ने पनि हुन्छ।

थाइराइड हुने कारण
यो अटोइमिन्युन डिजिज हो। अटोइमिन्युन डिजिज भनेको कोषको खराबी हो। नेपालको सन्दर्भमा हेर्दा आयोडिनको कमीले हुनेगर्छ।

कतिपय अवस्थामा अरु रोगको उपचार गर्दा थाइराइड ग्रन्थीले काम गर्न नसक्ने हुन्छ। यस्तै विभिन्न कारणले थाइराइड हुने गर्छ।

थाइराइड हुदाँ देखा पर्ने लक्षण
थाइराइड हुदाँ सबैलाई लक्षण देखा पर्छन् भन्ने छैन। अरु रोगको जाचँबुझ गर्दा थाइराइड देखिने गर्छ। समान्यतया महिलामा महिनावारी बिग्रने, कपाल झर्ने, मोटोपन बढ्ने, जीउ सुन्निने, निःसन्तानपान हुने जस्ता समस्या देखा पर्छन्।

पुरुषहरुमा जीउ गल्ने, घाँटीको अघिल्लो भाग सुन्निने, कपाल झर्ने जस्ता लक्षण देखा पर्छन्। अनुहार फुल्ने, स्वर धोद्रो हुने, मांसपेशी कमजोर हुने, दुख्ने, जोर्नी सुन्निनेजस्ता लक्षणहरु पनि देखिन सक्छन्।

कतिपयलाई चिन्ता र निराशापन एवं डिप्रेसन हुने, कब्जियत तथा ग्यास्ट्रिकको समस्या हुने हुन्छ। तर, कसैलाई धेरै हुदाँसमेत लक्षण देखिदैन्। तर, समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ।

कस्तो अवस्थामा लक्षण देखा पर्दैन ?
कसैको घाँटीको अघिल्लो भागमा थाइराइड ग्रन्थी हुने ठाउँ सुन्निएको छ। बढ्दै गएको छ, डल्लाहरु भेटिएको छ। जाचँबुझ गराउनुपर्छ। लक्षण ढिलोचाँडो आउछ। र, उपचार गर्नै सकिन्छ।

कुसैलाई थाइराइड भयो भन्दैमा औषधि सधै खानुपर्छ भन्ने हुँदैन। हल्का थाइराइडको समस्या छ भन्दैमा औषधि खानुपर्दैन। तर चिकित्सकको निगरानीमा बस्नुपर्छ।

थाइराइड हुने वंशाणुगत कारण
विशेषगरी अटोइम्युन डिजिज वंशाणुगत कारणले हुने गर्छन्। हामीले हाइपोथाइराडिज्म जाचँ गर्दा वंशाणुगत हुने गर्छ। घरमा भएका कुनै सदस्यलाई छ भने अरुलाई पनि हुने सम्भावना बढी हुन्छ।

उपचार कसरी हुन्छ त ?
थाइराइड सबै व्यक्तिमा हुन्छ, बच्चा जन्मिदा नै लिएर आउँछ। यो हाम्रो शरीरको अभिन्न अंग हो। यो आफैमा रोग होइन। तर, यो अगंले काम गर्न छोडेमात्र रोग हुनेगर्छ।

हाइपोथाइराडिज्म हो वा हाइपरथाइराडिज्मसँगै अरु भएको छ कि छैन। त्यो थाहा पाउनुपर्छ। कसैलाई थाइराइड क्यान्सर भएको हुनसक्छ। थाइराइड कुन प्रकारको भएको छ भन्ने जाचँ प्रयोगशालामा गएर रगत जाचँ गरेर थाहा पाउन सकिन्छ।

कुन उमेर समूहमा बढी देखिन्छ ?

सामान्यतया महिलामा १८ वर्षदेखि नै देखिने गरेको छ। तर, २५ देखि ३० वर्षसम्मको उमेर समूहमा बढी देखिने गरेको छ। कतिपय महिलालाई भने ५० वर्षपछि पनि देखिने गरेको छ। तर, २५ देखि ३० वर्षको समेर समूहमा बढी देखिने गरेको छ।

कस्तो खाना खाने र कस्तो खाना नखाने

हामीले विशेषत आयोडिनको प्रयोग बढी गर्नुपर्छ। नेपाल समुन्द्री किनार भन्दा धेरै टाढा रहेको देश भएको हुनाले आयोडिनको कमी हुनेगर्छ।

हामीले आयोडिनयुक्त नुन खाने बेलामा पकाएर खान्छौ। तर तातोपनले आयोडिन जान्छ। त्यसैले खाना पकाएपछि नुन छर्केर खादाँ राम्रो हुन्छ।

कतिपय अनुसन्धानहरुले इपोथाइरायडिज्ममा काउली, बन्दाकोभी, ब्रोकाउली, सलगम, भटमास, कोदो, ग्रीन टी खानु हुदैन भनिन्छ तर यो एकदमै गलत हो।

कुनै खानेकुरा धेरै खानु हुँदैन, यदि सबै खानेकुरा मिलाएर खान सकियो भने त्यसबाट पाइने पोषक तत्व पाउन सकिन्छ। मात्रा मिलाएर जुन खानेकुरा पनि खान सकिन्छ।

बालबालिकामा थाइराइड हुने सम्भावना
बालबालिकामा थाइराइड दुई प्रकारको हुने गर्छ।। कुनै बच्चा जन्मिदा थाइराइडको रोगी भएर जन्मन्छ। बच्चा जन्मिदा नै थाइराइड ग्रन्थी जति विकसित हुनुपर्ने त्यति विकास नभएको पाइन्छ।

आमालाई रोग भएर बच्चामा आएको भने होइन। कुनै बच्चाले जन्मिदा थाइराइड रोग लिएर आउँछ भने उसकै आफनै कोषको खराबीको कारण आएको हो। कुनै पनि व्यक्तिलाई थाइराइड हुन्छ। यस्तो व्यक्तिलाई हुन्छ भन्ने हुदैन।

समस्या हुन नदिन कस्तो सावधानी अपनाउने ?
हामीले विशेषत आयोडिन खानुपर्छ। खानेकुरामा ध्यान दिनुपर्छ। सन्तुलित आहार भोजन गनुपर्छ। हाम्रो शरीरमा भएका सम्पूर्ण ग्रन्थीले आफूलाई चाहिने तत्व निकाल्छन्।

हामीले तौल नियन्त्रणमा पनि उत्तिकै ध्यान दिनुपर्छ। तौल धेरै हुँदा कुनै ग्रन्थीले आफूलाई चाहिने भन्दा धेरै तत्त्व निकाल्छन्। यसैले मोटोपनबाट बच्दा धेरै रोग बाट बच्न सकिन्छ।

(डा. अलर्क देवकोटासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ३३ बजे

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५०

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला

काठमाडौं– भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो

कर्णालीमा अझै टरेन खतरा, अन्य ठूला नदीको बहाव विस्तारै घट्दै

काठमाडौं– लगातारको मनसुनी वर्षाका कारण बढेको जल सतहका कारण देशकै

डडेल्धुरामा पहिरो : एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

डडेल्धुरा– डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ ।