काठमाडौँको कोटेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर व्यवस्थापन « Khabarhub

काठमाडौँको कोटेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर व्यवस्थापन


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

वाग्मती सफाइ महाअभियानको आज ४७७ औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा दैलेखका सांसद पार्वती विशुंखे, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकाल, वडा सदस्यहरु अशोक केसी, हुमा आचार्य, अप्सरा खनाल, सान्नानी मिजार, श्रीनगर टोल सुधार समितिका अध्यक्ष उज्जन श्रेष्ठ, नेपाल आमा सेवाका अध्यक्ष चन्द्रमणि तिमिल्सिना, नेपाल चलचित्र संघका सह कोषाध्यक्ष नायिका पवित्रा आचार्य, प्रा डा प्रेम शर्मा, वानेश्वर महिला वातावरण सेवा प्रालिका सञ्चालक दुर्गा दुलाललगायतको सक्रियता थियो ।

यसैगरी वाग्मती फोहर उन्मुलन उपभोक्ता संघका पदाधिकारी, लायन्सका चारवटा क्लबहरु लायन्स क्लब अफ काठमाडौं सिदार्थ गौतम बुद्ध , लियो क्लब अफ काठमाडौं लर्द बुद्ध , वागमती अभियानकर्मी एवं आलोकनगर सफाइका संयोजक प्रमिला पौडेल, नेपाली सेना चन्डी दल गण सिंहदरबारबाट क्याप्टेनसहित २० जनाको समूह, काठमाडौँ महानगरपालिका वातावरण एवं कृषि विभाग टेकु, अधिकार सप्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एव वाग्मती अभियानकर्मीद्वारा नदी भित्र र बाहिरी भागमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

सो अवसरमा सफाइकर्मीले जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेको उनले सुनाए । अर्को शनिबार सोही क्षेत्रमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ४६ बजे

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।