विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल « Khabarhub

विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ।  रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीहरूको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपिडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन्।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकन प्रणाली लागू  भएपछि समाधान भएको छ । पहिले घण्टौँ लाइनमा लाग्नु पर्ने अवस्था हुन्थ्यो, यसले बिरामी र बिरामीका कुरुवालाई निकै अप्ठेरो बनाएको देखिन्थ्यो’,  मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी व्यवस्था मिलाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताए ।

तालिम घर स्थापना 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो क्लिनिकल तालिम घरको स्थापना गरिएको छ ।

दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उद्देश्यले प्रादेशिक अस्पतालभित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका हुन्।  तालिम घरमा बढीमा २० जनासम्मलाई एक चरणमा तालिम दिन सकिन्छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : १७ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले