कतारमा स्यानिटरी प्याटदेखि बच्चाको पोषणसम्म वितरण  « Khabarhub

कतारमा स्यानिटरी प्याटदेखि बच्चाको पोषणसम्म वितरण 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासी नेपाली संघ (एनआरएनए) कतारले नेपाली महिलाहरुको स्वास्थ्य स्यानिटरी तथा बच्चाहरुको पोषण खाना वितरण गरेको छ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार यहाँको प्रोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि संघलाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरी, बच्चाको पोषण खाना र स्यानिटरी सामाग्री वितरण गरिएको बताए ।

एनसीसी कतारको महिला विभाग र नेपाली महिला समाज कतारद्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

वितरण गरिएका सामाग्रीहरूमा टुथ पेस्ट ५०० वटा, टुथ ब्रस ५०० वटा, बेबी डाइपर साइज १ को ५९४ वटा, बेबी डाइपर साइज २ को ९०० वटा, बेबी डाइपर साइज ३ को ४६८ वटा, बेबी डाइपर साइज ४ को ११२० वटा, फेसियल टिस्यु ४६८ प्याकेट, वेट वाइप टिस्यु  १५३ प्याकेट, बच्चाको पोषण खाना १२० प्याकेट, महिला स्यानिटरी प्याड ८३ प्याकेट र टेम्प स्यानिटरी प्याड २४ प्याकेट रहेको उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो