सभामुख सापकोटा आज स्वदेश फर्कँदै   « Khabarhub

सभामुख सापकोटा आज स्वदेश फर्कँदै  


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किँदै छ।

अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी भएको प्रतिनिधिमण्डल आज साँझ काठमाडौँ आइपुग्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए। उनले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताउँदै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग  र ऐक्यबद्धता व्यक्त गरेका थिए ।

त्यस क्रममा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका समकक्षी साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।

यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : २० बजे

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार