असार २४ मा विवाह गर्दै नीता र हरिहर  « Khabarhub

असार २४ मा विवाह गर्दै नीता र हरिहर 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै मिति पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको दुवैको विवाहको कार्डमा २४ गते दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा परिवार र निकटका साथीहरूलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् ।

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरूले विवाहको लगन जुराएका थिए ।

बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’ बाट अभिनयमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ५२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६