दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी « Khabarhub

दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो नियन्त्रणमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ ।

रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा परेड गरिरहेको विभिन्न भिडियोहरू प्रसारण गरिरहेको छ । सहरको क्षतिग्रस्त प्रशासनिक विभागमा सोभियत झन्डा फरफराइरहेको भिडियो विभिन्न रुसी स्रोतहरूले ट्विट गरेका छन् । यस भिडियोको पुष्टि भने हुन बाँकी नै छ ।
रुसी सेना लाइसान्स्क सहरतर्फ बढ्दै गए आक्रमण जारी भए पनि सो सहर नछाडेको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैडाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

लाइसान्स्क नियन्त्रणमा आइसकेको तर हाल स्वतन्त्र नभएको लुहान्स्क जन गणतन्त्रमा रुसका राजदूत रोडियन मिरोश्रिकले एक टेलिभिजन अन्तर्वार्तामा जानकारी गराए ।

सन् २०२२, २४ फेब्रुअरीमा रुसले नाटो निकट हुँदै गएको युक्रेनलाई अतिक्रमण गरेपश्चात्, हजारौँ सर्वसाधारणलगायत लडाकुहरू घाइते भएको, ज्यान गुमाएको र १ करोड २० लाख मानिस पलायन भइसकेका छन्

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : ३१ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये