मनसुन सुरु भएसँगै महोत्तरीमा उर्लिँदो बाढी, सुस्ताउँदो सरकार | Khabarhub Khabarhub

मनसुन सुरु भएसँगै महोत्तरीमा उर्लिँदो बाढी, सुस्ताउँदो सरकार


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मनसुन सुरु भएसँगै  महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बिचमा रहेको महोत्तरीमा बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ ।

विशेष गरी रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने उत्तरमा बर्दिबास नगरपालिकादेखि दक्षिणमा जलेश्वर नगरपालिकाका सर्वसाधारण त्राहीत्राहीमा रहने गर्छन् ।

तर, सम्बन्धित निकायको बेवास्ताले बर्षायामसँगै थप त्रासमा बाच्नु परेको सर्वसाधारणहरूको गुनासो छ । रातु नदी उर्लिएपछि पशुपतिनगरका वीरमानलाई निन्द्रा नै लाग्दैन । ०५८ सालतिर आएको बाढीले यहाँका किसानहरूलाई बेघर बनाएको वीरमानलाई झल्झल्ती याद आइरहन्छ । ‘थोरै भए पनि अहिले तटबन्धन लगाएको छ उ वेला यस्तो थिएन,’ उनले भने ।

रातु नदीले वर्षेनी क्षति गर्नुको एउटा प्रमुख कारण नदी उत्खनन पनि हो । मनपरी उत्खनन गर्दा खोलाको सतह निकै माथि वा तल पुग्ने गरेको छ । रातु नदी मात्र होइन मरहा र जंगाहा नदीमा उर्लिँदो बाढीले वरपरका खेतीयोग्य जमिन कटान भइरहेको छ । अघिल्लो वर्ष मात्रै रातु नदीको बहाव कै कारण वल्वा नगरपालिका तिलगौढमा नौ सय घर डुबानमा परेका थिए भने कयौँ बिगाहा जमिन कटानमा परेको थियो ।

जलवायु परिवर्तनको समस्याले त्यतिकै समस्या भोगिरहेका सर्वसाधारणले वर्षादको समयमा झन् समस्या भोग्दै आएका छन् । महोत्तरीमा पर्ने रातु नदीको छेउछाउमा मात्र आधा दर्जन पालिका छन् । तर सबैभन्दा बढी प्रताडित बर्दिबास, औरही, वल्वा जस्ता पालिका जोखिममा रहेको विपद् व्यवस्थापन समितिले पहिचान गरेको छ ।

दुई दिन अघि मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने समस्यालाई पहिचान गरी प्रतिकार्यको लागि आपत्कालीन सामग्रीको भण्डारण थालेको छ । रातु, विग्ही, जंगहा र मरहा नदीको डुबान र कटानबाट क्षति हुन नदिन बन्चौरी, तिलगढ, रौजा बजार, परौल, गोनरपुरा, लेउरी, जलेश्वर–३, मलिवाडा, जुमनिया, हत्तीसर्वा, सिंग्याही, कविलासा, दोस्तिया, अलिपट्टी, बगडा, निगौल र सोनमा गाउँपालिका–१ का बस्ती र मटिहानी–९ को सिमरदही लगायत स्थानमा आपत्कालीन प्रतिकार्यको तयारी थालिएको हो  ।

तर, आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मट्टीहानी नगरपालिका बाहेक कुनै पनि पालिकाले तयारी थालेका छैनन् । ‘आपतकालीन प्रतिकार्यको लागि स्थानीय सरकारले कुनै तयारी नगर्नुले जोखिम अझ बढ्न सक्छ,’ बर्दिबासका मनोज खडकाले भने ।

बर्दिबासको उत्तरी क्षेत्रमा रहेका चुरे पहाडमा झन् खतरा बढ्दै गएको भूगर्भविद्हरू बताउँछन् । यसअघि पनि खयरमाराको भित्री बस्तीमा सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेको थियो ।

वर्षा याममा उक्त खुकुलो पहाडलाई वरपर फैलिएको पानीको बहावले कमजोर बनाउँदै लैजाने भएकाले पहाड नै भासिएर समथर बन्न सक्ने भुगर्वविद् प्रकाश घिमिरे बताउँछन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ४५ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत