रोकियो अक्षयको ‘गोरखा’ « Khabarhub

रोकियो अक्षयको ‘गोरखा’


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो । तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाइको धार पनि कम हुँदै गयो ।

अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए । अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षा बन्धन’ तिर छ । यसका निर्देशक आनन्द एल राय हुन् । व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन् ।

‘बच्च्न पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ । यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन् । यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ । फिल्म ‘गोरखा’ को निर्माणका लागि कैयौँ मन्त्रालयको अनुमति चाहिन्छ, त्यसपछि मात्र फिल्म फ्लोरमा जानेछ । यसका लागि निर्माताले भारत सरकारको अलग-अलग संस्थासँग अनुमति लिने योजना बनाइरहेका छन् ।

फिल्म ‘गोरखा’का निर्माताहरू अक्षयको दुई फिल्म फ्लप भएपछि आफ्नो फिल्मको अवस्था के हुने हो भन्नेमा चिन्तित छन् । त्यस कारण उनीहरूले तत्कालका लागि फिल्मको काम रोक्ने निर्णयमा पुगेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल