नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्त्वपूर्ण : सञ्चारमन्त्री कार्की « Khabarhub

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्त्वपूर्ण : सञ्चारमन्त्री कार्की


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्त्वपूर्ण रहेको बताएका छन्।

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए। आचारसंहिता अरूलाई लागे जसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए। देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीको भनाइ छ ।

उनले भने, “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसंहितामा जुन जुन ठाउँमा अप्ठेरो, अस्पष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे। आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे। आचारसंहिता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ ।

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आचारसंहिताले विज्ञापनको क्षेत्र थप प्रतिस्पर्धी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे। विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले आचारसंहिताले केही समयमा नै नतिजा दिने विश्वास व्यक्त गरे। मिडिया सोसाइटी नेपालका  मदन लम्सालले नेपालमा कुन मिडिया हो र कुन होइन भनी नियमन आवश्यक रहेको औँल्याए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसिंहताका कारण काउन्सिललाई अनुगमन गर्न सजिलो भएको उल्लेख गरे। विज्ञापन सङ्घ नेपालका अध्यक्ष सोम धितालले विज्ञापनमा मात्रै नभएर सबैतिर रहेको बेथिति हटाउनुपर्नेमा जोड दिए।

पत्रकार बबिता बस्नेतले आचारसंहिता लागू भएपछि विज्ञापनमा महिलाको शरीरभन्दा मस्तिष्क देखिने अपेक्षा व्यक्त गरिन् । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसंहिता लागू भएको हो । यसअघि यससम्बन्धी छुट्टै आचारसंहिता थिएन ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ०६ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’