नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह | Khabarhub Khabarhub

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन् । सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ ।

मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत अलपत्र परेको बताउँदै मधेस प्रदेशमा यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने सिंहको जोड छ ।

प्रशोधक मिडियाको सहकार्यमा मधेस प्रदेशका आठै जिल्लाबाट सहभागी पत्रकारलाई कृषि पत्रकारिताका प्राविधिक पक्षमा स्पष्ट हुन पनि मन्त्रालयका कृषि विज्ञहरूले सुझाव दिए ।

वरिष्ठ कृषि, अर्थ विज्ञ तथा मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले कृषिसम्बन्धी सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षको विषयमा जानकारी गराए । देशलाई समृद्ध बनाउनदेखि अर्थ उपार्जनमा समेत कृषि क्षेत्र महत्त्वपूर्ण भएको हुनाले प्रवक्ता सिंहले कृषि पत्रकारितालाई फराकिलो बनाउन आग्रह गरेका छन् ।

बर्दिबासको एक होटेलमा आयोजना भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको भूमिकामा भने वरिष्ठ पत्रकार अनिलकुमार कर्णले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : १२ बजे

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र