प्रदेश १ को बजेट बहुमतले पारित « Khabarhub

प्रदेश १ को बजेट बहुमतले पारित


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो ।

यसअघि नेकपा (एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो । प्रस्तावको पक्षमा बोल्दै सदस्य न्यौपानेले सरकारलाई अझ जबाफदेही, पारदर्शी र उत्तरदायी बनाउन खर्च कटौतीको प्रस्ताव गरेको बताएका थिए ।

प्रस्तावको विषयमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकार सुशासनको पक्षमा रहेको बताए । उनले सरकार संसद्प्रति पूर्ण उत्तरदायी रहेको जानकारी दिँदै सरकारले प्रदेशको कार्यक्षेत्रभित्र नै बजेट खर्च गरिरहेको जानकारी दिए। असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले आव २०७९/८० को लागि कूल रु ३९ अर्ब ७३ करोड ८३ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए।

प्रदेशसभामा प्रस्तुत भएको बजेटमा लगातार प्रदेशसभा सदस्यहरूले छलफल गरेका थिए भने शनिबारनै  सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । बजेटमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब १५ करोड १५ लाख र सङ्घीय अनुदान बचत फिर्तातर्फ रु दुई अर्ब रहेको छ । खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट रु ११ अर्ब ८८ करोड २४ लाख, सङ्घीयबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु नौ अर्ब ८२ लाख, सशर्त अनुदानबाट रु आठ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट रु ९२ करोड र विशेष अनुदानबाट रु ४७ करोड ५० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट रु ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोर्ने जनाइएको छ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट रु २५ करोड ६८ लाख व्यहोर्ने बजेटमा उल्लेख छ । प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरू निर्धारण गर्दा करदाताको संरक्षण गरी करको दायरा विस्तार गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री जनाइ प्रक्रियागत सरलीकरण गर्ने, कर परिपालना र कर सहभागिता अभिवृद्धि गर्ने, राजस्व प्रशासनमा संलग्न जनशक्तिको क्षमता विकास गर्ने र सरोकारवालासँगको समन्वयमा राजस्व चुहावट नियन्त्रण तथा राजस्व परिचालन नीति अङ्किार गर्ने जनाइएको छ । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ३५ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट