नेप्से परिसूचकको उकालो यात्रा, ५७.६५अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचकको उकालो यात्रा, ५७.६५अंकले बढ्यो


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६.८३, व्यापार १७४.८६, होटल तथा पर्यटन ९४.८७, विकास बैंक ११८.४३, जलविद्युत् १२८.६२, वित्त ६५.९९, निर्जीवन बीमा १८२.८, उत्पादन २५०.४१, अन्य ७२.६७, लघुवित्त १३९.१६, जीवन बीमा १७०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी २.३६ अङ्कले उकालो लागेको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआइसी एशिया बैंक रु ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

छ कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्सेका अनुसार आइतबारको कारोबारमा विभिन्न ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त र सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृिद्ध भयो । रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो ।

यस्तै, बैंक अफ काठमाडौँ ९.३१, न्यादी ग्रुप पावर ३.२३, प्रभु सेलेक्ट फण्ड ३.१८, नबिल ब्यालेन्स फण्ड तेस्रो २.५५ तथा सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले २.१९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ४५ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको