राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै युवा संघले राहदानी विभागमा बुझायो ज्ञापन पत्र  « Khabarhub

राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै युवा संघले राहदानी विभागमा बुझायो ज्ञापन पत्र 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ ।

आइतबार राहदानी वितरणमा देखिएको समस्या समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शन सहित विभागमा ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले कि रोजगार दे , कि पासपोर्ट दे भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि ज्ञापन पत्र बुझाउँदै युवा संघका अध्यक्ष किरण पौडेलले राहदानी वितरणमा भएका समस्याहरू समाधान गर्न माग गरे । उनले प्रभावकारी सर्भर प्रयोग गरी घरबाटै अनलाइन फर्म भर्ने व्यवस्था मिलाउँदै घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन पनि ध्यानाकर्षण गराए।

अर्जेन्ट राहदानी अतिरिक्त शुल्क लिई तीन दिनभित्र दिने भनिएपनि हप्ता दिन लगाउने तर बिचौलियाबाट गएमा तोकिएको समयमा नै हुने गरेकाले यसलाई अन्त्य गर्न पनि माग गरिएको पौडेलले बताए । ज्ञापन पत्र बुझ्दै विभागका निर्देशक शरदराज आर्यनले विभागको कामलाई सहज बनाउन आफूहरू तयार रहेको बताए । उनले राहदानी लिनेको संख्या बढेकाले भीड बढेको तर्क गरे ।

युवा संघले राहदानी वितरणलाई सहज र सर्वसुलभ तथा झन्झटरहित नबनाए थप दबाबका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको