एनआरएनए ज्ञान सम्मेलनको लागि अमेरिका पुगे मन्त्री शर्मा « Khabarhub

एनआरएनए ज्ञान सम्मेलनको लागि अमेरिका पुगे मन्त्री शर्मा


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एएनसीसीको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुने भएका छन् ।

रिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न  ११ औँ वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलनमा सहभागी हुन् गत जुलाई २ का दिन शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् ।

यस पटक उनको आगमनले निकै महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघले उठान गरेको गैर आवासीय नागरिकता लगायत विषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेका छन् ।

नेपालमा आगामी निर्वाचन र संसदमा अड्किएर बसेको गैर आवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यस तर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त विषयमा सकारात्मक कदम चाली रहेको छ ।

आज हुने दुई दिने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् । दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत प्रस्तुत गरिने छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ३५ बजे

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा– प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष