पूजाले फेरिन् बोली  « Khabarhub

पूजाले फेरिन् बोली 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बोल्न नजान्दा नायिका पूजा शर्मा विवादमा तानिने गर्छिन् । दर्शकबाट पाएको मायालाई आफ्नो क्षमताले व्यवस्थापन गर्न नजान्दा उनले भोग्दै आएको समस्या हो । पूजाको लोकप्रियता नबढेको होइन, उनको दर्शक नभएका होइनन्, यद्यपि त्यो अनुसार उनले आफूलाई प्रस्तुत गर्न सकेकी छैनन् । यसको उदाहरण उनले पछिल्लो समय फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनको बेला गरेको हरकत हुन् ।

हलमा पुग्दा रुने, नायक पल शाहको फोटो प्रिन्ट भएको टी-शर्ट लगाउने , पल बाहिर नआउँदासम्म फिल्म नबनाउने लगायतका कुराहरु उनले निर्माता भएको हिसाबले गरिन् वा भावनात्मक भएर उनैले जानुन् । यद्यपि उनले बोली फेरेकी छिन् । हलहरू घुम्ने क्रममा उनले भनेकी थिइन्, ‘अब पल बाहिर नआएसम्म फिल्मै बनाउँदिनँ ।’ हलमा पुग्दा मात्र नभई अन्य अन्तर्वार्तामा समेत पूजाले आफ्नो अडान दोहोर्‍याइन।

यद्यपि हालै उनले आउँदो एक प्रोजेक्टका लागि अनमोल केसीलाई साइन गरेकी छिन् । यसमा निर्मात्री पूजा शर्मा छिन् भने निर्देशक सुदर्शन थापा । पूजाको समेत फिल्ममा अभिनय रहनेछ । पल बाहिर नआउँदासम्म फिल्म नबनाउने घोषणा गरेकी पूजाकै पहलमा अनमोल फिल्म खेल्न तयार भएका हुन् । यसमा उनका प्रेमी युद्ध बानियाको समेत सहयोग रहेको चर्चा फिल्म नगरीमा छ ।

पूजाले आफू र अनमोल नयाँ फिल्म गर्न लागेको जानकारी सामाजिक सञ्जालमा गराए लगतै पलसँगको आत्मीयता फिल्म चलाउने फण्डा मात्र रहेको प्रतिक्रिया पाइरहेकी छिन् । फिल्मको घोषणा भएसँगै पूजामाथि धेरैले नैतिक प्रश्न उठाएका उठाउँदै अघिल्लो घोषणाहरू ‘म यस्तो गीत गाउँछु २’ चलाउने फण्डा मात्र थियो भनेका छन् भने कतिले कलाकारको बोलीमा विश्वास गर्न नहुने बताएका छन् ।

पल शाह नछुटेसम्म फिल्म नै नबनाउने भनेको कुरा आफैँमाथि भारी परेपछि पूजाले बोली फेर्दै एक दर्शकको फेसबुक पोस्टको कमेन्टमा ‘म यस्तो गीत गाउँछु’को सिरिज मात्र पल बिना नबनाउने भनेको स्पष्टीकरण दिएकी छन् । तर, पहिला उनले स्पष्टसँग पल नआएसम्म फिल्म नै नबनाउने घोषणा गरेकी थिइन् ।

उनको सामाजिक सञ्जाल र विगतका भिडियो अन्तर्वार्तालाई हेर्दा उनकै कारण उनलाई समस्या पर्ने गरेको छ । सोच-विचार नगरी क्षनिक चर्चाका लागि आफ्नो अभिव्यक्ति राख्दा उनी आलोचनाको शिकार भइरहेकी छिन् । ‘म यस्तो गीत गाउँछु २’ रिलिजको मुखमा रहँदा अभिनेता पल शाहविरुद्ध एक नाबालिगलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । फिल्म रिलिजपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ३९ बजे

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगलागी

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित

काठमाडौँ– प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा