काठमाडौँ र सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म « Khabarhub

काठमाडौँ र सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सेली फिल्म ‘दिग्वी’ को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ ।

फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे , लुक्ला आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् ।

रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिए । सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएका थिए ।

‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुसी दिने एउटा फिल्म बनाउन सिमोनले आयोजित पत्रकार सम्मेलनमा भने। कोभिड महामारीको कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोनले छायांकन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा राखे । आफू जेम्स बोन्ड, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने उनले बताए ।

‘जुरासिक पार्कको  भीएफएक्स त गज्जब छ , तर त्यहाँ कथा छ त ? के ती फिल्म समाजसँग जोडिएका छन् ?’ निर्देशक सिमोनले प्रश्न गरे । हलमै प्रदर्शन गर्ने लक्ष्य सहित फिल्म निर्माण जुटेका उनले फिल्म ओटीटी भन्दा पनि थिएटरकै लागि बन्नु पर्नेमा जोड दिए । ‘फिल्म सानो पर्दाका लागि होइन । यो त ठुलो पर्दाको लागि हो । विशाल अनि भव्य हुनु पर्छ । हेर्दा आनन्द आउनु पर्छ’ उनले भने ।

फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्ने उनले जानकारी दिए । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो । फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्वी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताए ।

मार्चदेखि फिल्म निर्माण सुरु हुने बताउँदै उनीहरुले काठमाडौँका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायांकन हुने  जनाए । यो एउटा युनिभर्सल अपिल बोकेको फिल्म हुनेछ । नेपाल फिल्म प्रोडक्सन प्रालिले निकट भविष्यमा पनि अन्य अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गर्ने जनाएको छ ।

कम्पनीका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने बताउँदै अर्थपूर्ण र गहिराइको सन्देश बोकेको फिल्म भएकाले आफूहरूले सहकार्य गर्न लागेको उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ५१ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका