स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन « Khabarhub

स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले स्थानीय तहको निर्वाचनका भएको अन्तर्घातको छानबिन गर्न समिति बनाएको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहमा भएको अन्तर्घातको उजुरीमाथि छानबिन र आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा देवेन्द्र दाहाल र विष्णु रिमाल रहेका छन् । समितिलाई चुनावमा भएका अनुशासनहीनता र अन्तर्घातका विषयमा छानबिन गरी कारबाही गर्ने अधिकार दिइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

बैठकले निर्वाचनको समीक्षा जिल्ला र प्रदेश कमिटीले असार महिनाभित्रै सकाएर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । त्यस्तै बैठकले सातै प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरूलाई प्रदेशमा खटाउने निर्णय गरेको गुरुङले बताए। बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णायकको भण्डाफोर गर्ने निर्णय पनि भएको गुरुङले बताए।

बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ भने चौतर्फी घेराबन्दीका बिचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालेको गुरुङले बताए।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ४८ बजे

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी)