नेटफ्लिक्सले महँगोमा किन्यो ‘जवान’ « Khabarhub

नेटफ्लिक्सले महँगोमा किन्यो ‘जवान’


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठीकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो ।

त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ । यस फिल्ममा उनको केमियो मात्र रहनेछ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् ।

उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् ।

केही समय यता भारतीय फिल्म भनेर बलिउड भन्दा पनि दक्षिणी भारतीय फिल्मलाई चिनिन्छ । बाहुबली सिरिज, केजीएफ सिरिज, आरआरआर लगायतका फिल्मले बलिउडलाई छायाँमा पारेका छन् । यसलाई नजरअन्दाज नगर्दै शाहरुखले दक्षिण भारतीय निर्देशक एटलीसँग ‘जवान’ मा काम गरिरहेका छन् । यो फिल्म थ्रिलर हुनेछ ।

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । सो फिल्म आउँदो वर्षको जुनमा प्रदर्शन हुनेछ । फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन् ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ ।

यसै फिल्मको डिजिटल राइट्स १ सय २० करोड भारतीय रुपैयाँमा विक्री भएको छ। यसको डिजिटल राइट्स ओटीटी जायन्ट नेटफ्लिक्सले लिएको हो । यो फिल्म हलमा रिलिज भएको चार खि आठ साताभित्र नेटफ्लिक्समा स्ट्रिमिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ११ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको