विश्व इतिहास आज : कोलम्बस एसिया यात्रादेखि फ्रान्स स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहास आज : कोलम्बस एसिया यात्रादेखि फ्रान्स स्वतन्त्रसम्म


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १८ गते बुधबार । सन् २०२२ को अगस्ट ३ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००५ अगस्ट ३ मा महमूह अहमलिनेजादले इरानमा पदभार ग्रहण गरे । पेशाले इन्जिनियर र शिक्षक अहमलिनेजाद इरानको इस्लामिक गणतन्त्रको छैटौँ राष्ट्रपति बने ।

सन् २००५ अगस्ट ३ मा मौरिटानियामा सैन्य कु भएको थियो । लामो समय देखि राष्ट्रपति रहेका माउया आउल्ड सीडअहमद तायालाई पदच्युत गर्दै कर्नल एली आउल्ड मोहम्मद भालले चुनाव हुनुअगाडि संक्रमणकालीन सरकारको नेतृत्व गरे ।

सन् २००४ अगस्ट ३ मा फ्रेन्च फोटोग्राफर हेन्री काटियर–ब्रेस्सनको ९५ वर्षको उमेरमा निधन भयो । उनलाई ‘मास्टर अफ स्ट्रिट फोटोग्राफी’ को उपनाम दिइएको थियो ।

सन् १९७० अगस्ट ३ मा अमेरिकी सेनेटले सोभियत संघसँगको एन्टी ब्यालिस्टिक सन्धीलाई अनुमोदन गरेको थियो ।

सन् १९६० अगस्ट ३ मा नाइजरले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्‍यो । २० औँ शताब्दीको सुरुवातमा फ्रान्सले अफ्रिकाको पश्चिमी देश नाइजरलाई अतिक्रमण गरेको थियो । नाइजर स्वतन्त्र भएसँगै हमानी डिओरी पहिलो राष्ट्रपति बने ।

सन् १९४९ अगस्ट ३ मा नेशनल बास्केटबल लिग र बास्केटबल एशोसिएशन अफ अमेरिका मिलेर नेशनल बास्केटबल एशोसिएशन एनबीए बनेको थियो ।

सन् १९४६ अगस्ट ३ मा संयुक्त राज्य अमेरिकाको इन्डियानास्थित सान्टा क्लाउजमा विश्वको पहिलो थिम पार्कको उद्घाटन भयो । सान्टा क्याउज ल्याण्डलाई ‘होलिडे वल्र्ड एण्ड स्पलाशिन सफारी’ भनेर पनि चिनिन्छ ।

सन् १९१४ अगस्ट ३ मा जर्मनीले बेल्जियममाथि अतिक्रमण गर्दै फ्रान्समा युद्ध घोषणा गर्‍यो। पहिलो विश्व युद्धअन्तर्गतको लडाई थियो । अगस्ट १ मा जर्मनीले रुसमाथि युद्ध घोषणा गरेको थियो ।

सन् १९०० अगस्ट ३ मा अमेरिकी टायर कम्पनी ‘फायरस्टोन टायर एण्ड रबर कम्पनी’ को स्थापना भएको थियो । ओहियोको एक्रोनमा हार्भे स्यामियल फायरस्टोनले टायर कम्पनी स्थापना गरे । सन् १९८८ मा जापानी ब्रिजस्टोन कोर्पोरेशनले सो टायर कम्पनीलाई किनेको थियो ।

सन् १४९२ अगस्ट ३ मा इटाली अन्वेषक क्रिस्टोफर कोलम्बसले ३ पानी जहाजको नेतृत्व गर्दै चीन, भारत र एसीयाली टापुतर्फको यात्रामा सुरु गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ३८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको