दाङ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाए ।
महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने । उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे। पाँच दलीय गठबन्धनका बीचमा आफ्नो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे ।
कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए ।
प्रतिक्रिया