विवाद वडास्तरमै समाधान गरिने « Khabarhub

विवाद वडास्तरमै समाधान गरिने


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ ।

कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरूपणका काम थालनी गरेको अवसरमा आयोजित आज कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले सो जानकारी गराइन्। “समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ”, उपप्रमुख डङ्गोलले भनिन् ।

अहिले न्यायिक समितिमा दुई सय ४२ उजुरी छन् । यीमध्ये एक सय ४४ वटा मुद्दा सरेर आएका हुन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ । समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ८ मा व्यवस्था छ ।

समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ । एक वर्ष कैद हुनसक्ने फौजदारी मुद्दा, मेलमिलाप हुनसक्ने देवानी मुद्दा, रु २५ लाख बिगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दालगायत न्यायिक समितिको जिम्मेवारीमा पर्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ४४ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र