केकी र आँचलको उत्साह (फोटो फिचर) | Khabarhub Khabarhub

केकी र आँचलको उत्साह (फोटो फिचर)


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केकी अधिकारी र आँचल शर्मा नेपाली चलचित्रकी रुचाइएकी नायिका हुन् । अभिनयमा अब्बल मानिने दुवै नायिकाले औषत सफलता मात्रै हात पारेकी छन् । मिस यूबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी केकी अधिकारी औपचारिक शिक्षासँगै राम्रो समाज चेत भएकी नायिकामा गनिन्छिन् ।

नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी आँचल पनि राम्रो ज्ञान भएको नायिका हुन् । दुवै नायिकाको अभिनय अब्बल मानिएपनि उनीहरु अभिनित फिल्मले भने औषत सफलता हात पारेका छन् ।

दर्जन बढी फिल्ममा अभिनय गरेपनि उनीहरुले व्यक्तिगत स्टारडम भने अझै बनाउन सकेका छैनन् । यसअघिका नायिका रेखा थापा, निरुता सिंहजस्तै पछिल्लो समयकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, स्वष्तिमा खड्का जति अभिनयमा चर्चा कमाउन पनि उनीहरु केही हदसम्म सफल भए ।

तर सोचेजति भने हुन सकेका छैनन् । केही समयअघि विवाहित दुवै नायिकाले अभिनय गरेको फिल्म ‘झिंगेदाउ’ नेपाली चलचित्र हलमा प्रदर्शन भइरहेको छ । शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्ममा मुकुन भुसाल लगायत कलाकार छन् । तर चर्चामा यी दुई नायिका छन् ।

जो लामो समयपछि पर्दामा फर्किएका हुन् । खासगरि बिहे गरेपछि उनीहरु फिल्ममा फर्किदा केही उत्साह र केही चुनौती पनि छ । बिहे गरेपछि कमै नायिका मात्रै नियमित चलचित्र अभिनयमा फर्किने गरेका छन् ।

ज्ञानेन्द्र देउजाको प्रस्तुति रहेको झिंगदाउमा सुलभ प्रतिक देउवा र समीक्षा देउजाको लगानी छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन