गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड « Khabarhub

गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उनको विश्वास छ । उपराष्ट्रपति पुनले गौरा पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको निरन्तर समुन्नतिको शुभकामना व्यक्त गरेका छन्।

गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथालगायत संस्कृतिले सुदूरपश्चिमलाई झनै सुन्दर बनाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वर्द्धनमा लाग्न अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५२ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका