गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड « Khabarhub

गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उनको विश्वास छ । उपराष्ट्रपति पुनले गौरा पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको निरन्तर समुन्नतिको शुभकामना व्यक्त गरेका छन्।

गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथालगायत संस्कृतिले सुदूरपश्चिमलाई झनै सुन्दर बनाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वर्द्धनमा लाग्न अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५२ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज