भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु « Khabarhub

भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्ति भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।

अधिकारीहरूले सोमबार व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप  नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ ।

चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ । तीन खराब मौसम र खानेकुरा तथा पानीको अभावमा पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनालााई थुनामा राखिएको र छानबिनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यान्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट वञ्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको