भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु « Khabarhub

भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्ति भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।

अधिकारीहरूले सोमबार व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप  नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ ।

चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ । तीन खराब मौसम र खानेकुरा तथा पानीको अभावमा पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनालााई थुनामा राखिएको र छानबिनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यान्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट वञ्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ३८ बजे

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

कास्की – गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित