नुवाकोट कांग्रेस : प्रकाशशरण महत प्रत्यक्षतर्फ सिफारिस « Khabarhub

नुवाकोट कांग्रेस : प्रकाशशरण महत प्रत्यक्षतर्फ सिफारिस


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट १२७ उम्मेदवार सिफारिस भएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जना उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको छ । प्रत्यक्षमा समेत नाम समावेश भएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ । अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन् ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) सहित राज्यलक्ष्मी पाँडे (श्रेष्ठ) र लालीमाया तामाङलाई सिफारिस गरिएको हो । केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य केसी सहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको लागि प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको कार्यबाहक सभापति उपेन्द्र दाहालले जानकारी दिए ।

प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए । समानुपातिकतर्फ सभापति पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘क’ बाट प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले बताए । उनका अनुसार समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ ।

पार्टीको विधान र परिपत्रअनुसार प्रदेश उम्मेदवारको लागी सिफारिस गरिएका नाम प्रदेश कार्यसमितिले क्षेत्रीय कार्यसमितिमा पठाएको छ भने प्रदेशबाट आएको नामावलीमा क्षेत्रले केही संशोधन गरेर जिल्लामा पठाएको जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागी क्षेत्रीय कार्यसमिति बैठकले सिफारिस गरेर जिल्ला कार्यसमितिलाई शुक्रबार बुझाएको हो । प्रदेश र क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर बागमती प्रदेश कार्यसमितिमा पठाउने जिल्ला सचिव वैकुण्ठ मिश्रले जनाए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ११ : १० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका