नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ « Khabarhub

 नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ । 

शुक्रबार नेपाल-भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद गरेको हो । गोडैता नगरपालिका-३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताए ।

सीमा सुरक्षा बेस (बिओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभूषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित एक जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गाविस वडा नम्बर-५, निवासी ३२ वर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ । लामाले ठेगाना भने काठमाडौँ महानगरपालिका-२६ बताएका छन् ।

लामा सवार रातो रंगको स्कारपियोको डिक्की खोलेर शंकास्पद कार्टुन झिकेर चेक गर्न लाग्दा फरार भएको प्रहरीले जनाएको छ । उनीहरू स्कारपियोमा बसेर सिमरा भगवतीपुर गाउँबाट सीमाक्षेत्रको बजारतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । स्कारपियो र चालकको समेत खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए । 

प्रहरीका अनुसार गाडीको डिक्कीबाट बरामद शंकास्पद कार्टुनमा प्याक गरेको अवस्थामा सय दरका नक्कली नोटको नमुना कागज ६९ गढ्ढी र नगद ४० हजार बरामद भएको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको चेक एक थान, ग्लोबल आईएमई बैँकको चेक एक थान, पासपोर्ट एक थान, बिलबुक एक थान, मोबाइल एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद गरेको छ । 

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ४५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको