धनगढीको सडक विस्तार गर्ने निर्णयविरुद्ध उभिए व्यवसायी « Khabarhub

धनगढीको सडक विस्तार गर्ने निर्णयविरुद्ध उभिए व्यवसायी


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि सडक क्षेत्रका घरधनी तथा व्यवसायी विरुद्धमा उत्रिएका छन् । धनगढी मुख्यबजार क्षेत्रमा ३० मिटर सडक क्षेत्राधिकार राख्दा धेरै परिवार घरबारविहीन बन्ने र कोरोनाका कारण घाटा बेहोर्दै आएका व्यवसायी झनै संकट व्यहोर्ने भएकाले सडकको क्षेत्राधिकार घटाउन व्यवसायीको माग छ ।

‘धनगढीको मुख्य बजारलाई पुरनो बजारका रुपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद्ध शिद्धिकीले भने, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरू लागि घरबारविहीन बनाउने काम गर्नु हुँदैन ।’

व्यवसायीले सडक विस्तार गर्दा हुने समस्याका बारेमा जनप्रतिनीधिसँग छलफल गर्न व्यवसायी नेत्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेका छन् । ‘हामीलाई बेवास्ता नै गरेर अघि बढ्न खोज्नु मुर्खता हुनेछ’ तदर्थ समितिका उपाध्यक्ष अर्जुन श्रेष्ठले भने, ‘समस्याको समाधान कसरी हुन्छ, त्यसबारेमा छलफल गरिनु आवश्यक छ, आधा कट्ठा, पाँच धुर जमिनमा घर बनाएर बसेकाहरूको व्यवस्थापन नगरी सडक निर्माण हुन सक्दैन ।’

आफूहरू विकासविरोधी नभएको बताउँदै उनले सबै नागरिकको समस्या समाधान गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बताए । धनगढी बजार क्षेत्रबाहिर पनि व्यवस्थित सडक बनेको भन्दै उनले अब धनगढीमा बजार व्यवस्थापन गर्न समस्या नभएकाले सबैको रायअनुसार अघि बढ्दा राम्रो हुने बताए । 

‘मेयर साप निस्वार्थ भावनाले धनगढीको विकास गर्न आउनु भएको छ, उहाँलाई हामी सहयोग गर्न पनि तयार छौं,’ उनले भने, ‘तर सबैथोक विनाश हुनेगरी सहयोग गर्न सक्दनौं, यस विषयमा गम्भीर बन्नु पर्छ ।’ उनले पुरै घर जाने र अन्त जमिन समेत नभएका व्यवसायीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय भएको बताए ।

शनिबार धनगढी स्थित नैनादेवी मन्दिरमा भेला भएका अन्य व्यवसायीले भने अहिले सडक निर्माणको कामलाई अघि बढाउन उपयुक्त नभएको बताए । ‘कोरोनामा सबै व्यवयासी घाटामा गए’ व्यवसायी नरेश साइजुले भने, ‘अहिले पनि व्यापार व्यवसायमा मन्दि आएको छ, बैंकको ब्याज तिर्न पनि सकिरहेका छैनौं, यस्तोमा सडक विस्तार गरेर व्यवसायीलाई विस्थापित गर्ने काम गर्नु हुँदैन, परिस्थिति सहज भएपछि मुख्य बजारको सडकका बारेमा सोच्नु उपयुक्त हुन्छ ।’

तदर्थ समितिको सचिवमा ठेकेन्द्रराज जोशी, सह–सचिवमा गोविन्दराज जोशी, सदस्यमा ठेकलाल श्रेष्ठ, अनुप उपाध्याय, प्रकाश जंग स्वाँर, आनन्द जोशी, कर्णबहादुर कुँवर, रुपबहादुर खड्का, शुशील शाह, रणबहादुर बोहरा रहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  २ : ४६ बजे

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै