‘गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्’  « Khabarhub

‘गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्’ 


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी समझदारी र बन्धुत्वको भावना जगाई प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व प्रदेशको वशिष्ठ पहिचानका रूपमा रहेको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको पर्व रहेको बताए ।

साथै उनले मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ३ : २८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर