‘नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक’ « Khabarhub

‘नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् ।  धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन  बारै महिना घुम्न सकिने सांस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिए । 

समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रूपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उनको भनाइ थियो ।  उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गर्नुभएका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य स्याङ्जाका ललित बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । संस्थाका महासचिव सागरमान बज्राचार्यले संस्थाले १३ औँ राष्ट्रिय सम्मेलन यसै वर्ष आयोजना गर्ने तयारी गरिरहेको जानकारी साधारणसभालाई दिएका थिए ।

 धर्मोदय सभाको ५६ जिल्लामा शाखाहरु रहेका छन् । यज्ञमान पति बज्राचार्यको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि आजैदेखि समाप्त भएकाले यसै साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्नेछ । उपाध्यक्ष ७, सचिव १ र सह-कोषाध्यक्ष १ पदका लागि भोलि आइतबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपस्थित बुद्ध विहारमा मतदान हुने जानकारी महासचिव बज्राचार्यले दिएका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : १९ बजे

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता