'गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ' | Khabarhub Khabarhub

‘गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताएका छन् । गौरा पर्व २०७९ को अवसरमा प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले गौरा पर्व र मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वको संरक्षणको निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।

सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।  

गहुँ, केराउ, गहत, मास र गुरौसको मिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वलाई धार्मिक सहिष्णुता र सद्भावको रुपमा पनि हेरिन्छ । गौरा पर्वको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गौरा पर्व सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो देशकै पर्व भएको बताउँदै त्यसको संरक्षण पनि सिङ्गो देशले नै गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का नेता भीमबहादुर रावलले पछिल्लो समयमा कला, संस्कृति, भाषा कमजोर भन्दै गएको भन्दै त्यसको राज्यले संरक्षण गर्नुपर्ने बताए । पूर्वमन्त्री चन्द्रदेव जोशी, नेपाली कांग्रेसका नेता रमेश लेखक, सांसद नीरादेवी जैरु र नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टलगायतले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सो पर्वले विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई अझै बलियो बनाउने उनीहरूको भनाइ थियो । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५३ बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी