स्रोत नखुलेको साढे ३९ लाखसहित एक युवा पक्राउ « Khabarhub

स्रोत नखुलेको साढे ३९ लाखसहित एक युवा पक्राउ


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका टीकाराम भट्टराई छन् ।उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्युटीमा खटिएको प्रहरीले शुक्रबार दिउँसो साढे १२ पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौं आउँदै गरेको ना. ४ ख.९६७४ नम्बरको बसको ग्यालरीमा सवार भट्टराईले बोकेको हरियो रङको आर्मी कम्ब्याट खालको झोलामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ०५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको