नेकपा एमाले बारा क्षेत्र नम्बर १ (क) बाट १६ जनाको नाम सिफारिस « Khabarhub

नेकपा एमाले बारा क्षेत्र नम्बर १ (क) बाट १६ जनाको नाम सिफारिस


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरूको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचनको लागि ८र८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रत्यक्षतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लीला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय संयोजक रामजी बजगाईँको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायतका नेताहरूले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ०७ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने