नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो « Khabarhub

नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ ।

यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ३२२ फिट (९८ मिटर) लामो रकेटमा करिब १० लाख ग्यालन इन्धन लोड गर्न सुरु गरेको थियो । खराब इन्जिन सेन्सर र इन्धन चुहावटका कारण सोमबारको प्रयास रोकिएको थियो ।

नासाको प्रक्षेपण कन्ट्रोल समूहका अनुसार जब सूर्य उदायो, अत्यधिक दबाबको घण्टी बज्यो र इन्धन लोड गर्ने कार्य केही समयका लागि रोकियो, तर कुनै क्षति भएन र प्रयास पुनः सुरु भएको छ ।

नासाले चन्द्रमाको वरिपरि रकेटमाथि ‘क्रु क्याप्सुल’ पठाउन चाहेको छ, जसले अन्तरिक्ष यात्रीहरू अर्को उडानमा पुग्नु अघि यसलाई सीमामा धकेल्छ । यदि परीक्षण डमीसहितको पाँच हप्ताको ‘पूर्वाभ्यास’ सफल भयो भने अन्तरिक्ष यात्रीले सन् २०२४ मा चन्द्रमाको परिक्रमा गर्न सक्नेछन् र सन् २०२५ मा चन्द्रमामा अवतरण गर्न सक्नेछन् । मानिसहरु ५० वर्ष पहिले अन्तिम पटक चन्द्रमामा पाइला टेकेका थिए ।

सोमबार एउटा सेन्सरले चारवटा इन्जिनमध्ये एउटा निकै न्यानो भएको सङ्केत गरेको थियो तर पछि इन्जिनियरहरूले यो निकै चिसो भएको पुष्टि गरेका थिए । प्रक्षेपण टोलीले यस पटक समस्यापूर्ण सेन्सरलाई बेवास्ता गर्ने र प्रत्येक मुख्य इन्जिन ठीकसँग चिसो भएको सुनिश्चित गर्न अन्य उपकरणहरूमा भरोसा गर्ने योजना बनाएको थियो ।

प्रज्वलित गर्नुअघि मुख्य इन्जिनहरू माइनस–४२० डिग्री फरेनहाइट ९माइनस–२५० डिग्री सेल्सियस० मा प्रवाहित तरल हाइड्रोजन ईन्धनजत्तिकै चिसो हुनुपर्छ । यदि होइन भने, परिणामी क्षतिले अचानक इन्जिन बन्द हुन सक्छ र उडान रद्द गर्न सक्छ ।

झण्डै ४।१ अर्ब अमेरिकी डलरको यो परीक्षण उडान नासाको नयाँ चन्द्र अन्वेषण कार्यक्रमको पहिलो चरण हो । ग्रीक पौराणिक कथामा अपोलोकी जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा दिइएको यो उडान सफल हुनेमा नासा विश्वस्त देखिन्छ ।

नासाको अपोलो कार्यक्रमका क्रममा १२ जना अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला टेकेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ११ : ११ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै